काभ्रे । जिल्ला निर्वाचन कार्यालयद्धारा पालिका स्तरमा सञ्चालन गरिएको फोटो सहितको मतदाता नामावलीमा आठ हजार जनाले फोटो खिचाएका छन । १२ पालिकाको केन्द्र, जिल्ला निर्वाचन कार्यालय, धुलिखेल र जिल्ला प्रशासन कार्यालयमा मतदाता परिचयपत्रका लागि नाम दर्ता गरिएको थियो ।
जिल्ला निर्वाचन अधिकारी उमेश राईले मङसिर १७ देखी पुस ८ गते सम्म सञ्चालन भएको अभियानमा आठ हजार २४५ ले फोटो सहितको मतदाता परिचयपत्रका लागि नाम दर्ता गराएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला निर्वाचन कार्यालयमा र जिल्ला प्रशासन कार्यालयमा एक हजार ५८० ले मतदाता परिचयपत्रका लागि फोटो खिचेका छन । धुलिखेल नगरपालिका सहित जिल्लाभरका मतदाताले यहाँबाट फोटो खिचाएका छन ।
उहाँका अनुसार भुम्लु गाउँपालिकामा चार सय १८, चौँरीदेउराली गाउँपालिकामा तीन सय २७, तेमाल गाउँपालिकामा दुई सय ५९, महाभारत गाउँपालिकामा आठ सय ११, मण्डनदेउपुर नगरपालिकामा नौ सय २८ र नमोबुद्ध नगरपालिकामा पाँच सय ५३ जनाले मतदाता नामावलीका लागि फोटो खिचाएका छन् ।
त्यस्तै बनेपा नगरपालिकामा नौ सय ४७, पनौती नगरपालिकामा आठ सय २३, पाँचखाल नगरपालिकामा पाँच सय ७८, बेथानचोक गाउँपालिकामा तीन सय ५२, खानीखोला गाउँपालिकामा चार सय ७८ र रोसी गाउँपालिकामा दुई सय २१ जनाले मतदाता नामावलीका लागि फोटो खिचाएको निर्वाचन कार्यालयले जनाएको छ ।
काभ्रेपलाञ्चोक जिल्लामा २०७४ सालको निर्वाचनमा दुई लाख ७२ हजार २९२ जना मतदाता रहेकोमा अहिले तीन लाख तीन हजार ८१७ पुगेको छ । काभ्रेमा तेश्रो लिड्ढी एक जनाले मतदाता सूचीमा नाम समाबेश गरेका छन् । काभ्रेपलाचोक जिल्लामा १३ पालिका, दुई वटा सङघीय क्षेत्र र चारवटा प्रदेश निर्वाचन क्षेत्र छन् ।
जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा निरन्तर फोटो सहितको मतदाता नामावली संकलन भइरहेको राईले जानकारी दिनुभयो ।