आउनुस न ! महोदय

– लक्ष्मी पाठक
पाँचखाल–१०, बेला, काभ्रे

आउनुस न महोदय! एकछिन धान दिवस मनाऔ
किहिछिन भाषण छाटेर मनाऔ
बोलीमा संमृद्दि भरेर एक छिन लठ्ठिउँ
एकै छिन त हो जे गरे पनी
दीर्घकालीन किन हुनु पर्यो
आत्मा निर्भर किन हुन पर्यो?
सामाजिक संजालमा चिरिच्याट्ट पारौ
हेर्नेले आहा ! भनुन
दिनेले आँखा चिम्लेर बर्साउन
सबै मिलेर कृषिप्रधान देश भनी चिनाउँ

एक छिन हिलो खेलौ
केहि रोपौ ब्याडलाई केहि माला बनाई सजाउँ
के कति सहुलियत छ ? वास्तविक किसान सम्म पुगेर सोधौ
किसानको परिश्रम अनाज फल तरकारी
खेतमै कुहिएको हेरौ
रगत र पसिनाको मुल्य चर्का भाषणले भरौ
फुटेको पैताला र हातहरुमा समृद्धिको तेल घसौ
बोलीमा लोली मिलाएर भएनि
हो मा हो को साथ भरौ
रगतले सिंचित पसिनाको मुल्य
कवाडी मै फाल्नुको पीडा भुलौ
आउनुस न महोदय !
संजाल मै भएपनि एकैछिन खुलेर रमाऔ !!

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *