आँखा

ध्रुवकृष्ण ताम्राकार
पनौती, काभ्रेपलाञ्चोक

म खुसी थिएँ यस्तै आकार सम्हालेर आफ्नै मन पनि रिझाउन सकेकोमा । म अडिग छु कसैको जीवनमा साथ दिएर हिँडिरहनुमा अन्यथा खोक्रो सहानुभूतिमा मेरो मजाक उडाइसकेको हुन्छ यो दहर यानी संसार !
नलाउनु माया लाईसकें एकपल्टको जुनिमा बिस्वास दिइसकें भनिन्छ बार बार हैन एक बार जीबनमा माया भइन्छ । कुरा काट्नेहरु काटेर दिन बिताइरह्यो तर मैले फर्केर सुन चाहिनन् ।
उनीसंगको भेट पनि अनौठो थियो एकदिन म बाटो किनारामा एकसुर हिंड्दै थिएँ अचानक कसैले मेरो हात तान्यो यसो हेर्दा बिल्कुलै नजिकैबाट एउटा कार हुंइकिंदै गयो मेरो स्वास हुरुक्क भयो पछाडी फर्केर हेर्दा उनले मेरो हात डरले अझै छाडेकि रहिनछ मानौं त्यो कारले मलाई छोइ नै सके जस्तो लागिन उनीलाई । एकैक्षणमै बिस्तारै उनले हात छाडिन हेर्दा हेर्दै मलाई केहि नभनी उनी मेरो आँखा सामुबाट ओझेल भइन् ।
त्यो रात निदाउनै सकिनं अप्रत्याशितरुपको एउटा दुर्घटनाबाट उनले मलाई बचाउँदा पनि एक शब्द धन्यवाद भन्न पनि नपाउँदा म आफुलाई धिक्कारी रहेका थिएँ । नजानिंदो मन कोसिरहें । करिब ६ महिना पछि हाम्रै घर सामु उनी हिंडिरहेकी मैले देखें । मलाई याद छ अझै ठुला ठुला डराईरहेकी उनका आँखा अनि सुकोमल अनुहार आज सम्म पनि बिर्सन सकिरहेको थिएन । म दगुरेर उनको सामु उभिएँ मलाई देखेर एकछिन त उनी अवाक भइन उनले नियालेर मलाई चिन्न कोसिस गरिन आखिर चिनेर नै होलि नजर झुकाई शर्माएर मुस्कुराउंछे ।
मैले त्यो दिनको दुर्घटनाबाट हुने भवितव्य बचाइ दिनुभएकोमा हृदयदेखी आभार ब्यक्त के गर्न मात्र चाहेको थिएँ एक्कासी उनीसंगै आएकी आफन्त जस्तो देखिनेले दोह¥याएर लगिन उनी अलि डराएकी जस्तो देखिन्थिन ।
त्यो दिन पनि उनी बास्तबमै को हुन कहाँ रहन्छिन भन्ने अनजान उत्सुकता ममा रहि रह्यो । म गरुङो मन लिएर त्यसै घरमा फर्किएँ । सायद अधुरै रहने भयो उनको र मेरो परिचय भन्दै सोचेर रात कटियो ।
एक दिन एउटा कार्यक्रममा छिमेकी बहिनीले नजिकै बसिरहेकी साथीसँगको भेटमा प्रसंगवस उनले एउटि बिधवाको दुःख लाग्दो कुरा साथीसंगै गरिरहेकी सुनेर मेरो कान ठाडो हुन्छन केहि क्षण त्यो बहिनी एक्लै भएकीबेला मैले त्यस बिधवाको बारेआफ्नो कौतुहलता ब्यक्त गर्दा उनी बास्तबमै मेरै इर्द गिर्द घुमिरहेका उहि मलाई बचाउने केटी नै रहेछिन । उनलाई रुपा भनेर बोलाउने रैछ उनी हाम्रै टोल भन्दा माथिल्लो टोलकी रहिछे । बिहे भएको छ महिना नबित्दै उनको श्रीमान बितेका रहेछ बाइक एक्सिडेन्ट्मा । हुन त बाइक पछाडी रुपा पनि सँगै बसेर गइरहेकी थिइन् । घटनास्थलमै रुपाको श्रीमान् मरेको थियो तर रुपा भने बाँचेकी थिइन् । जिब्रोमा परेको चोटले गर्दा उनको आवाज गुमेकी थिइन् । श्रीमानको टाउको खाने भनी परिवारको सबैले लाञ्छना र गलौजाको चोटिलो बर्षा प्रायः गरिरहेका हुन्थ्यो साधारण परिवारमा जन्मेकी रुपा त्यस परिवारको लाञ्छिनित व्यबहार सहनुको बिकल्प उनमा थिइनन् । भर्खरै फुलिरहेकी बैस पनि संकुचित परिवारले बिधवाको नाम दिएर उनको स्वतन्त्रता हनन गरिरहेका थिए कथित रुढीबादी समाज उनी कोहि माथी बोल्ने र खुल्ने स्वतन्त्रतालाई बन्देज जस्तै लगाइ रहेको थियो । बाहिर कतै जानै परे पनि कहिले नन्द कहिले सासुसंगै हिंडिरहेकी हुन्छे तैपनी यदाकदा उनी एक्लै बाहिर परिवारको आँखा छलेर जान्छिन । यसरी जीबन रंगिन भएर पनि रंगहिन बनिरहेकी थिइन रुपाको जीबन ।
उनी बोल्न नसके पनि भावना पोख्न खोज्छिन । तर कसले सुन्छन् उनको बह ? सुन्दर सौम्य देखिने उनको अनुहारको बोलि गुमेको पट्याउनै गाह्रो थिए । रुपाको जीबनको तिक्तता सुनेर पनि ममा सहानुभूति जागिरहेको थियो । हिजो आज म त्यो माथिल्लो टोलमा उनलाई एक्लै भेटिन्छ कि भनेर गइरहन्थें तर त्यस्तो मौका मैले पाइरहेका थिएनौ ।आज पनि म उतै जांदै थिएँ अचानक बाटोमै उनी एक्लै भेटेँ ।
सन्चै छौं ? उनलाई रोक्दै सहास जुताएँ । मेरो प्रत्युत्तर दिनु भन्दा अगाडी वरिपरि आँखा घुमाउँछिन् अनि कोहि चिनजान नदेख्दा आश्वस्त मन लिएर संचैछुं भनेर मात्र मुण्टो हलाउँछिन् । किन किन उनी मेरो अन्जान अनुहारमा नजानिंदो बिस्वास पोखिरहेकी जस्तो लाग्यो मलाई धेरै पहिले देखी नै हाम्रो सम्बन्ध भएको जस्ती उनले महसुस गरिरहेकिमा म पनि एकछिन स्तब्ध भएँ । म उनीप्रती किन हो आकर्षित हुंदै थियो स्वयम मलाई नै थाहा भएन ।
प्रायः घरको किनमेल उनी कागजमा लेखेर पसल जाने पनि गरेकि रहेछन् । त्यसैले होला आज सन्जोगले भेटेको । उनले मलाई कागजको लिस्ट देखाउंदै हतारो मन लिएर म देखी छुटेकी थिइन् । अब हाम्रो भेट पनि अलि बाक्लिँदै थिए । उनी पनि अबसरको बहाना खोज्दै मसंग भेट्ने जमर्को गर्छिन । मलाई उनको चार दिवारिको जीबन र कुंठित बाट उनलाई बिधवाको जुन टिका समाजले लगायो त्यस हालातप्रति मेरो मनमा भित्रभित्रै आक्रोश र रोष उर्लिरहेको थियो ।
सोच्छु, अझैसम्म पनि हाम्रो समाजको सोच पुरानै सोचमै जकडिरहेको देख्दा मन उदेकलाग्दो हुन्छ । जसले गर्दा बिनाकारण पनि त्यो मासुम प्रति अनाहक दवाब भईरहेको हुन्थिन् नोकर सरह अराइ पराइ सबै आफुले गरिरहेकी हुन्छिन तर जस कहिले नपाउने रैछ । उनले कुनै पर पुरषसँग कुरा जस्तो ग¥यो कि चरित्रहिन भन्ने आरोप लगाइन्थ्यो त्यसैले उनी माथी निगरानी धेरै गरिन्थें । यसरी जवानिमा नै पाएको पिडा र अपहेलित ले रुपाको मन तुतिरहेकी थिइन यो महसुस मैले उनीसंगकोको हाउभाउ र आँखाले यथार्थ पाईसकेका थिएँ । उनको जीबन एउटा ढुङ्गा माथिको फूल जस्तो देख्दा मन गरुङो भएर आउंन्थ्यो अनि दया पनि लाग्थ्यो आखिर उनको बाँच्ने जीबनको अंश पनि त अझै बाँकी त थियो नि । यस्तै सोच्दै म घर फर्किन्थें । कहिलेकाही उनको बिडम्बना देखेर म आफै उनको तर्फबाट बिद्रोहित हुन मन लाग्थ्यो तर यो कथित समाज निर्दयी हुने हुंदा मैले टुलु टुलु हेर्नु भन्दा अरु बिकल्प देखिएनन् ।
दुइ चार दिन भयो मैले रुपालाई नदेखेको । मलाई उनीसंग भेट्ने मन तीव्र भईरहेको थियो त्यो दिन पनि बाटोमा कुरिरहेको थिएँ झमक्क साँझ भैसक्यो रातले आफ्नो आँध्यारो पखेटा फिजाउँंदै थियो तैपनी मनमा अनेकौ तर्कना लिएर म आफ्नो नजर घुमाइरहेको थिएँ । अचानक मेरो पछाडी कसैको स्पर्श लाग्यो फर्केर हेर्दा मेरो सामु रुपा थिङ उभिरहेकी थिइन । उनको चुल्ठो कपाल यत्रतत्र छरिएकि थिइन् । स्वासको धड्कन तिब्र धड्किरहेकि थिइन् । मलाई देख्ने बित्तिकै गह भरी आँसु झार्छिन अनि आफ्नो घर तिर ईशारा गर्दै अब त्यो घर जान्न भन्दै टाउको हल्लाउँछिन ।उनी हालतको वेदना मुखले भन्न नसकेता पनि उनी प्रती उनको परिवारले गरेको ज्यादति प्रष्ट रुपले रुपाको आँखामा मैले पढेका थिएँ ।
मसँगको निकटताको हल्ला सायद सुनेरै होला उनकी सासु नन्द बढी मात्रामा गाली गलौजामा उत्रिए होलिन् अति तिरस्कार र हेंलित सहन नसकेर उनी भागेकि रहेछिन भने कुरोमा मेरो मनले अनुमान गर्न गाह्रो भएनन् । बाटो पनि सुनसानै भैसकेको थियो, मैले उनको आँसु पुछी दिएँ अनि उनीलाई भरोसा र बिस्वास दिलाई म तिमीलाई अपनाउँछु भन्दै दोह¥याएर लगें । मैले भोलिको यस कठित समाजले के आरोप लगाउंछ भन्ने सवाल प्रति सरोकार पनि ठानिनं ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *