आँखाको संक्रमणबाट बचौं

अहिले डेंगीको समस्या संगै समुदायमा आँखाको संक्रमण अर्को जटिल स्वास्थ्य समस्या बनेको छ । घरघरमा मात्र हैन बिध्यालयका विधार्थीहरुमा आँखाको संक्रमण बढेका कारण कतिपय विद्यालयहरु समेत बन्दहुने अवश्थामा रहेका छन् । मौसम परिवर्तनसँगै देखापरेको आई फ्लू संक्रमण एक छिटो फैलिने संक्रमण हो। भाईरसका कारण फैलने यो रोग आँखाको कन्जनटाईभामा संक्रमण हुने हुनाले यसलाई कन्जन्क्टिभाइटीस पनि भनिन्छ । यो संक्रमण सामान्यतया तीन–चार दिनमा आफैं निको हुन्छ । तर यो एक व्यक्तिबाट अर्को व्यक्तिमा भने सजिलै फैलन सक्छ र धेरै मानिसलाई एकै पटक फैलिएर महामारीको रुप लिने गर्दछ। आई फ्लू एक संक्रामक रोग हो यो रोगको मुख्य कारण भाइरस संगको शरीरको एलर्जीक प्रतिक्रिया हो। यो संक्रमण जुनसुकै उमेरमा हुन सक्छ, तर प्रायः यसले बालबालिकालाई बढि असर गर्छ। आई फ्लू संक्रमण सामान्यतया एउटा आँखाबाट सुरु हुन्छ र अर्को आँखामा फैलिन्छ। यसमा आँखा पोल्ने, दुख्ने, रातो हुने, परेलाहरु टाँसिने हुन्छ । त्यसैगरी पहेँलो कचेरा आउने, चिलाउने, आँखा धमिलो हुने, पोल्ने, देख्न गाह्रो हुने, आँखामा केही चिल्लोपन महसुस हुने हुन्छ ।आँखाका डिलहरु सुनिनुका साथै हेर्दा निकै डरलाग्दो देखिन्छ।


यो संक्रमित ब्यक्तिले छोएको सतह छोएर मात्र पनि सर्न सक्छ । तसर्थ, यदि तपाइँ कुनै सतहलाई छुनुहुन्छ भने, तपाइँको आँखा छोनु अघि तपाइँका हात राम्ररी सफा गर्नुपर्छ । पटक पटक आँखालाई छुने वा आँखा मिच्ने गर्नु हुँदैन। यसको लक्षण देखिएमा तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुपर्छ । सफा र चिसो पानीले धेरै पटक आँखा धुनु राम्रो हुन्छ। डाक्टरले तोकेको आँखा ड्रपहरू मात्र प्रयोग गर्नु पर्दछ र आँखालाई कडा घाम र धुलोयुक्त वातावरणबाट टाढा राख्नु पर्छ । नियमित रूपमा हात धुने, हात नधोइकन आँखा नछुने, र आई फ्लू भएका व्यक्तिसँग टाढै रहनु पर्दछ। आफ्नो तौलिया, लुगा, ओछ्यान, चश्मा, आँखा मेकअप सामग्री, आँखा ड्रप अलग राख्नु पर्दछ र कसैसँग सेयर गर्नु हुँदैन। आँखा चिलाउने अवस्थामा कहिले पनि आँखा नमिच्नुहोस्, सफा पानी छर्केर सफा गर्नु पर्दछ। यदि कन्ट्याक्ट लेन्स प्रयोग गर्नुहुन्छ भने, तिनीहरूको सरसफाइमा विशेष ध्यान दिनु पर्दछ। प्रत्येक प्रयोग गर्नुअघि कन्ट्याक्ट लेन्सहरू कीटाणुरहित गर्न निश्चित गरिनु पर्छ। साना बच्चाहरूलाई बारम्बार आफ्नो हात धुन र बारम्बार आँखा नछुन प्रोत्साहन गर्नु पर्छ। बाहिरबाट आएपछि र सुत्नुअघि चिसो पानीले आँखा राम्ररी धुनु राम्रो हुन्छ।
यदि सावधानी अपनाउँदा अपनाउँदै पनि संक्रमण भै हाल्यो भने पटक पटक हात धुने तथा सेनिटाइजर पनि प्रयोग गर्ने गर्नु पर्दछ । सकेसम्म सार्वजनिक स्थानमा नजाने। हात नमिलाउने यसले स्वस्थ व्यक्तिहरूमा संक्रमण फैलाउन सक्छ । चिकित्सकको सल्लाहबिना कुनै पनि औषधि नखाने र आँखामा नहाल्ने । जथाभावी औषधि वा आँखाको ड्रपले संक्रमणलाई अझ खराब बनाउन सक्छ । आँखामा कालो चश्मा लगाएर मात्र बाहिर निस्कनु राम्रो हुन्छ। निको हुनुको सट्टा संक्रमणको समस्या बढ्दै गएको र हेर्नमा समस्या भएमा नेत्ररोग विशेषज्ञसँग परामर्श लिनुपर्छ । सधैँ सफा हातले आँखा सफा गर्ने र फोहोर हातले आँखा मिच्नु हुँदैन। बिध्यालय जाने बच्चाहरुमा संक्रमण देखिएको छ भने करिव एक हप्ता बिध्यालय नपठाउँदा राम्रो हुन्छ। जसले गर्दा अरु बच्चामा संक्रमण फैलनबाट समेत जोगाउन सकिन्छ । बिध्यालयमा कुनै बालबालिकालाई आँखाको समस्या देखिएमा अभिभावकलाई उचित जानकारी दिएर केही दिन घरमा नै बच्चाको स्याहार तथा पठन पाठनमा सहयोग गर्न जानकारी दिनु पर्छ । भिटामिन ए तथा सी भएका फलफूलहरू जस्तै अमला, सुन्तला, मौसमी पहेंला फलफुलहरु, हरिया सागपात आदिको सेवन बढी गर्नुपर्छ । यो स्वस्थ आँखाको लागि समेत आवश्यक तत्व हो।आँखा संक्रमण भएको अवश्थामा लामो समयसम्म लगातार कम्प्युटरमा बस्नु वा किताब पढ्नु पनि आँखाको लागि हानिकारक हुन सक्छ, त्यसैले बीच बीचमा आँखालाई आराम दिनुपर्छ ।वेल्डिङ गरेको स्थानमा देखिने जस्ता अत्याधिक प्रकाशबाट आँखालाई जोगाउनु पर्दछ ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *