काठमाडौं । असार महिनाका लागि वाणिज्य बैंकहरुले ब्याजदर सामान्य घटाएका छन् । जेठ महिनामा औसतमा ६ दशमलव ९९ प्रतिशत विन्दु रहेको वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर, असारमा घटेर ६ दशमलव ८७ प्रतिशत विन्दुमा झरेको छ ।
बैंकहरुले यस्तो निक्षेपको औसत ब्याजदर शून्य दशमलव १२ प्रतिशत विन्दुले घटाएका हुन् । त्यस्तै बैंकहरुको संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर शून्य दशमलव १२९ प्रतिशत विन्दुले घटेको छ । ११ बैंकहरुले ब्याजदर घटाएका छन् । जसमा ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै १ प्रतिशत विन्दु ब्याजदर घटाएको छ ।
असार महिनाका लागि हिमालयन बैंकले मुद्दती निक्षेपमा वार्षिक ८ दशमलव २५ प्रतिशत ब्याज दिने भएको छ । माछापुच्छ्र«े, एनआईसी एशिया, एनएमबी र प्रभुले ७ प्रतिशतभन्दा बढी ब्याज दिनेछन् । नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ र स्ट्यान्डर्ड चार्टर्डले अधिकतम ७ प्रतिशत ब्याज प्रस्ताव गरेका छन् ।