ध्रुवकृष्ण ताम्राकार
पनौती, काभ्रेपलाञ्चोक
अनुत्तरित छन
हजारौ सवालहरु
आज पनि
समयको
बिकारालसंगै
आफ्नो पहिचान
खोज्दैछ
मान्छे हुनुको
यथार्थबोध
अनि समय
सापेक्षको
आत्मबोध!
किंतु
एकाधिकारको
पराकाष्ठभित्रको
एउटा अभिष्ठ
सिङो मानबतालाई नै
प्रहार गरिरहेको छ
अस्तित्वकोऔचित्यलाई
मानबताको जीबन संज्ञालाई
क्रुद्ध र अंहमताले
उन्मादको रंग घोल्दै
मान्छेले मान्छेलाई
नदेख्ने अंहकार!
भन कहिंले सम्म
प्रताडित हुने?
जीबनसंगै
जिउने तृष्णा
एउटै आकाश मुनि
अर्कोले चोइटाएर
गरिने धृष्टता कति सहिरहने?
यहि त एकलौटी
समयको आबेगमा
उठिरहेको अनेकौ
बिरोधाभाष प्रश्न
आज पनि उत्तिकै
निरुत्तरित छन
गुम्सिरहेको छन
यस्तै हजारौ मौनहरु
आज पनि
अन्यौल उकुसमुकुससंगै
बिभेदका रंगभेदहरुसंगै
गुम सुम अनि
चुपचाप छन, चुपचाप छन ।