अध्यक्षमा दुवाल र कोषाध्यक्षमा लाकोजू

काभ्रे । नेपाल साहित्यिक पत्रकार संघको चौथो राष्ट्रिय महाधिवेशनले बनेपा घोषणा पत्र जारी गर्दै आफ्नो महाधिवेशन सम्पन्न गरेको छ ।
सो महाधिवेशनले साहित्यिक पत्रकार तथा जनमतका प्रधानसम्पादक मोहन दुवालको अध्यक्षतामा सर्वसम्मतिले ३५ सदस्यीय केन्द्रीय समिति निर्विरोध निवाचित गरेको छ ।
काभ्रेको वनेपामा आज सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा वियोगी बुढाथोकी, उपाध्यक्षमा रामप्रसाद पन्त, नवराज पुडासैनी, बालिका गिरी र गङ्गा सुवेदी, महासचिवमा चेतनाथ धमला, उपमहासचिवमा नवराज रिजाल, सचिवमा होमशङ्कर बास्तोला र लक्ष्मी भट्टराई तथा कोषाध्यक्षमा सूर्यप्रसाद लाकोजू चयन हुनुभएको छ ।
केन्द्रीय सदस्यमा गणेश राई, गायत्रीकुमार चापागाईँ, प्रकाश सिलवाल, यादव भट्टराई, माधवप्रसाद पोखरेल, सुधीर घिमिरे, डा शैलेन्द्रप्रकाश नेपाल, बालमुकुन्द कार्की, पुण्य घिमिरे, नानीमैया अधिकारी, नवदीप श्रेष्ठ, जगत वाशिष्ठ र रामसुन्दर देउजा हुनुभएको छ । बाँकी सदस्य पछि मनोनयन गरिनेछ । महाधिवेशनले साहित्यिक पत्रकारहरूको दायित्व , हक, अधिकार , चुनौती लगायतका विषयमा बनेपा घोषणा पत्र जारी गरेको छ ।
विस २०६३ मा स्थापित सो संघको केन्द्रीय सल्लाहकारमा रोचक घिमिरे, नगेन्द्रराज शर्मा, मातृका पोखरेल, नरेन्द्रबहादुर श्रेष्ठ, लक्ष्मी उप्रेती, डा रेवतीरमण लाल र वासुदेव अधिकारी चयन गरिएको छ ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *