बनेपा ÷ सशस्त्र द्धन्दको समयमा विस्थापित भएका बैँकका ग्रामिण उपशाखाहरु अझै पुनस्थार्पित हुन सकेका छैनन् । शान्ती प्रकृया टुङगिनै लाग्दा पनि ती बैँकहरुले अहिले जिल्ला सदरमुकाम र प्रमुख शहरबाट नै आफ्नो सेवा दिइरहेका छन् ।
द्धन्दको समयमा विस्थापित कृषि विकास बैँक, राष्ट्रिय वाणिज्य बैँक आदी सरकारी बैँकका उपशाखाहरु पुर्नस्थापित हुन नसकेका हुन् । नेपाल बैँक लिमिटेडकोे पाँचखाल शाखा भने दुई बर्ष अघि नै पुनस्र्थापित भैसेकेको छ ।
द्धन्द शुरु हुनु अघि कृषि विकास बैँकको दाप्चामा उपशाखा र तालढुङगामा प्रशाखा थियो । राष्ट्रिय वाणिज्य बैँकको पनि दाप्चामा उपशाखा थियो । २०५९ सालमा तत्कालिन विद्रोही माओवादीले बैँकका कागजपत्र जलाएर केही रकम लुटेपछि सुरक्षाको कारण भन्दै ती बैँकहरु जिल्ला सदरमुकाम धुलिखेल सरेका थिए । बैकिङ क्षेत्रमा ग्रामिण पहुँच बढाउन यी दुई सरकारी बैँकहरुले आफना शाखा विस्तार गरेका थिए ।
कृषि विकास बैँकको अहिले धुलिखेलमा रहेको उपशाखा नै पहिलाको दाप्चामा रहेको उपशाखा हो । १० बर्ष अघि विश्थापित बैँकले अझै जिल्ला सदरमुकामबाट सेवा दिइरहेको छ । वाणिज्य बैँकले पनि धुलिखेलबाट नै आफ्नो सेवा दिइरहेको छ ।
स्थानीयबाट बैँकको माग नहुनु, बैँकले पुनस्र्थापना गर्न चासो नदिनुले पनि पुनस्र्थपनामा ढिलाई भैरहेको छ । द्धन्दसँगै मानिसहरु पनि शहर पसेका कारण ग्रामिण क्षेत्रमा आर्थिक गतिविधी कम हुनुको कारणले पनि बैँक गाँउमा जान चाहिरहेका छैनन् । पछिल्लो समय गाँउ गाँउमा सहकारी र केही विकास बैँक मार्फत पनि वित्तिय कारोवार हुनाले पनि जनताले वाणिज्य बैँकहरुको आवश्यकता महशुस गरेका छैनन् ।
सरकारी स्वामित्वको बैँक भएकाले नाफा भन्दा पनि सेवामा केन्द्रित भएर विस्तार हुनुपर्ने तर्क पनि केहीको छ । उनीहरु बैँक पुनस्र्थानाबारे छलफल भइरहेको बताउँछन् । “यसबारे छलफल भैरहेको छ, हामीले माथिल्लो निकायमा पटक पटक यसबारे आवाज उठाईरहेका छौँ । ” कृषि विकास बैँक बनेपा शाखा प्रवन्धक पिताम्वर भण्डारीले भने । उनले काभ्रेको भकुण्डेमा त्यस क्षेत्रलाई समेटेर उपशाखा राख्नेबारे छलफल भैरहेको पनि जानकारी दिए । सरकारी बैँक भएकाले नाफा भन्दा पनि सेवामा केन्द्रित भएर सेवा दिइरहेको भन्दै उनले उपशाखा पुर्नस्थापना नहुँदा आफुलाई पनि कामको भार बढेको बताए ।
राष्ट्रिय वाणिज्य बैँक धुलिखेल शाखा प्रवन्धक जनार्दन पौडेल ती क्षेत्रहरुमा “शाखा रहित वैकिङ”को अवधारणामा जान खोजिएको बताउँछन् । “यसबारे छलफल भइरहेको छ, ” उनले भने, “आफ्ना ग्राहकहलाई सेवा दिनुपर्छ भन्नेमा हामी प्रतिवद्ध छौँ । ”
वैँक पुनस्र्थापना नहुँदा ग्रामिण भेगका सेवाग्राही मर्कामा समेत परेका छन् । यातायातको लागि ठूलो खर्च गरेर र २ दिन समय खर्चेर जिल्ला सदरमुकाम आउनुपर्ने बाध्यता पनि छ । ती बैँकहरुले कृषि, पशुपालन लगायतका क्षेत्रमा लगानी गर्दै आएको भएपनि उपशाखा नहँुदा किसानहरु पुँजी अभावमा व्यवसाय छोड्न समेत बाध्य छन् । गाँउमा रहेका सहकारीले पनि भने जति पैसा दिन नसक्ने र व्याजदर पनि मंहगो हुने कारण ग्रामिण भेगका जनताहरु बैँकप्रति नै आकर्षित छन् । विश्वसनीय हुने भएकाले मानिसहरु बैँक मार्फत नै कारोवार गर्न रुचाउँछन् ।